सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट दुई बालकको उद्धार गरी नेपाल ल्याइयो 

२०८१ असार १, ०९:३४ खबर संवाददाता

धनगढीः नेपाल–भारत सीमा नजिकबाट हराएका दुई बालकको उद्धार गरी नेपाल ल्याइएको छ।

जेठ ७ गते स्कुल गएका उनीहरू सम्पर्क विहीन थिए। उनीहरू घर नफर्किएपछि खोजी सुरू भएको थियो। बालकहरू कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ४ का हुन्। सहयात्री नेपाल संस्थाले विभिन्न निकायहरूसँग समन्वय गरी बालकहरूलाई शुक्रबार नेपाल ल्याएर परिवारको जिम्मा लगाएको हो।

उनीहरूलाई भारतको राजकीय बाल गृह, शाहजहांपुरले आश्रय दिएर राखेको थियो। त्यो सूचना पाएपछि भारत पुगेर बालकहरूलाई फर्काइएको सहयात्री नेपालका अध्यक्ष ऋतिक शाहीले बताए। भारतस्थित नेपाली दूतावासको कार्यालय, मानव वेचबिखन अनुसन्धान ब्युरो, दोधारा चाँदनी नगरपालिका र वडा कार्यालय, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय दोधारासँगको समन्वयमा उनीहरूको उद्धार गरिएको हो।
 

कमेन्ट लोड गर्नुस