सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्लाफाँटा पूर्णखोप सुनिश्चित पालिका घोषणा

२०८१ असार ११, ०८:५६ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको छ। आवश्यक मापदण्ड पूरा भएपछि नगरलाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो।

नगरपालिकाका १५ महिनाभित्रका बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप पाएकाले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले जानकारी दिए। उनका अनुसार पूर्णखोप सुनिश्चितताका लागि १६ देखि २३ महिनासम्म उमेर समूहका बालबालिकामा खोप अवस्थाको पहिचान र विश्लेषणको कार्य गरिएको छ।

पूर्णखोप पाउने उमेर समूहका तीन हजार २८ बालबालिकामध्ये दुई हजार नौ सय ७८ बालबालिकाले पूर्णखोप पाएका छन्। बसाइँ सार्ने, मजदुरीका लागि टाढा जानेलगायत परिवारका ५० बालबालिका पूर्णखोप लगाउनबाट छुटेका छन्।इँटाभट्टालगायत मजदुरीमा संलग्न भारतीय परिवारका बालबालिकाले सङ्क्रामक रोगविरुद्धका खोप नलगाउने भएकाले यसबाट जोखिम बढ्दो रूपमा रहेको शाखा प्रमुख भट्टले बताए ।

कमेन्ट लोड गर्नुस