सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाललाई पहिलो सफलता, दिपेन्द्रसिंह ऐरीले लिए विकेट

२०८१ असार १, ०५:५५ खबर संवाददाता

काठमाडौं: आईसीसी टी– २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध  नेपाललाई पहिलो सफलता मिलेको छ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालका दिपेन्द्रसिंह ऐरीले पहिलो विकेट लिएका हुन्।

३.४ ओभरमा ऐरीको बलमा दक्षिण अफ्रिकाका क्विन्टन डे ककको विकेट लिएका हुन्। ऐरी आफैँले डि ककको क्याच आउट गराए। डि कक ११ बलमा १० रन बनाउँदै बाहिरिए।  हाल दक्षिण अफ्रिका १ विकेटको क्षतिमा २२ रन बनाएर खेलिरहेको छ। नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

नेपाललाई अन्तिम आठमा स्थान बनाउनका लागि दक्षिण अफ्रिकाविरुद्धको आजको खेल जित्नैपर्ने दबाब छ। दक्षिण अफ्रिका भने समूह ‘डि’बाट सुपर आठमा पुगिसकेको छ। नेपालले आज एक खेलाडी परिवर्तन गरेको छ। स्पिनर सन्दीप लामिछाने नेपालको प्लेइङ–११ मा हुँदा सागर ढकाल बेञ्चमा छन्।

नेपाली टोली: 

कुशल भुर्तेल, अशिफ खेस (विकेट किपर), अनिल शाह , रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह एरी, सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहोरा

कमेन्ट लोड गर्नुस