सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैदेशिक रोजगार व्यवसायीद्धारा नेपाली कामदारलाई विदेश पठाउन रोक

। फोटो स्रोत ।
२०७६ जेठ १७, ०२:२५

वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोकेको छ। सरकारसँग राखेका ५ बुँदे माग पुरा नभएको भन्दै व्यवसायीहरुले शुक्रबारदेखि ७ दिन कामदारलाई विदेश पठाउन रोकेका हुन्। 

वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङले एक हप्तासम्म कामदारलाई विदेश जान रोकिएको बताए। उनले भने, जेठ २३ गतेसम्म पनि माग सुनुवाई नभए अझै कडा संघर्षका कार्यक्रम सार्वजनिक गरिने छन्।

गत जेठ ३ गते बसेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष भेलाले सरकारलाई १५ दिनको अल्टिमेटम दिंदै माग सम्बोधन नभए जेठ १७ गतेदेखि २३ गतेसम्म विदेश जाने कामदारको टिकट नकाट्ने निर्णय गरेको थियो।

संघले वैदेशिक रोजगार ऐनमा व्यवस्था गरिएको धरौटीको ब्याज व्यवसायीले पाउनुपर्ने, मर्जर हुने संस्थालाई उपयुक्त सुविधा दिनुपर्ने, मलेसियासँग भएको समझदारी अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सूचीकृत स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गरेर कामदारलाई मलेसिया पठाउने प्रक्रिया सुरु गर्नुपर्ने लगायतका माग गरेको छ।
 

कमेन्ट लोड गर्नुस