सुदूर नेपाललाई विश्वसँग जोड्दै

आजदेखि काठमाण्डौ–रुम्जाटार–विराटनगर नियमीत हवाई उडान हुने

। फोटो स्रोत ।
२०७६ जेठ १७, १०:२२ खबर संवाददाता

काठमाण्डौ–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने भएको छ। शुक्रबारदेखि हरेक साता काठमाण्डौबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश १ को राजधानी विराटनगरसम्मको हवाई सेवा सुरु हुने भएको हो। 

झण्डै तीन वर्षदेखि ठप्प रहेको रुम्जाटार विमानस्थललाई केन्द्र र प्रदेशको राजधानीसँग जोडेर पुनः उडान शुरु गर्ने तयारी भएको प्रदेश सांसद अम्बिरबाबु गुरुङले जानकारी दिए। रुम्जाटार विमानस्थल नियमित सञ्चालनमा आएपछि पर्यटन प्रवर्द्धनसँगै यस क्षेत्रका नागरिकलाई आवतजावतमा निकै सहज हुने उनको भनाइ छ।

यसअघि गएको असोजमा तयारी गरिए पनि यात्रु अभावका कारण रुम्जाटारमा उडान सुरु हुनसकेको थिएन। नेपाल वायुसेवा निगमको विमानले हरेक शुक्रबार रुम्जाटारमा उठान भर्ने तयारी गरिरहेको निगमका क्षेत्रीय प्रबन्धक नारायण पुरीले बताए।

अहिले सातामा एक दिन सेवा दिने र यात्रुको चापका आधारमा स्थानीय सरकार र प्रशासनसँग समन्वय गरेर थप अरु दिन पनि उडान भर्ने योजना रहेको प्रबन्धक पुरीको भनाइ छ। उनका अनुसार हरेक शुक्रबार काठमाण्डौ–रुम्जाटार–विराटनगर र विराटनगर–रुम्जाटार–काठमाण्डौ उडान भर्ने निगमको तयारी छ।  रासस

कमेन्ट लोड गर्नुस