सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा २२ गते सार्वजनिक बिदा

२०८२ जेठ १९, १०:२४ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकामा २२ गते सार्वजनिक बिदा दिइएको छ। धनगढी उपमहानगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णयअनुसार २२ गते सार्वजनिक बिदा हुने भएको हो।

उपमहानगरपालिकाले एक सूचना जारी गर्दै गंगादशहरा पर्वको अवसरमा बिदा दिइएको जानकारी दिएको छ। गंगादशहरामा धनगढीको बेहडाबाबा मन्दिरमा मेला लाग्दै आएको छ। बेहडाबाबा मेलामा नेपालसंगै भारतबाट समेत ठूलो संख्यामा भक्तजन पुग्ने गरेका छन्। उपमहानगरपालिकाले २२ गते सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था लगातमा बिदा हुने जनाएको छ।

May be an image of text

कमेन्ट लोड गर्नुस