सुदूर नेपाललाई विश्वसँग जोड्दै

बस र ट्रक एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु, २३ घाइते

। फोटो स्रोत ।
२०७६ जेठ १६, ०३:५२

नवलपरासीमा बस र ट्रक एक आपसमा ठोक्किंदा ददसई जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत देवचुली नगरपालिका २ हमाल चोकमा ना ४ ख ५२९५ नम्बरको बस र  ना २ ख ४८९० नम्बरको ट्रक एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले दिएको जानकारी अनुसार उक्त दुर्घटनामा पूर्व गैँडाकोट नगरपालिका १४ की ६५ वर्षीया कुमारी सुनारी र गैँडाकोट नगरपालिका १८ की ७० वर्षीया जमुना मापछनको ज्यान मृत्यु भएको हो। यस्तै घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको र घाइते सबैको उपचार उपचार भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस