सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालीको समृद्धिको अपेक्षा साकार पार्नु सबैको उत्तरदायित्व हो : राष्ट्रपति भण्डारी

। फोटो स्रोत ।
२०७६ जेठ १५, १२:४५

बाह्रौँ गणतन्त्र दिवसका अवसरमा बुधबार शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभई जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै जानु सबैका निम्ति गौरवको विषय भएको बताएकि छन्। 

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अवलम्बन भएपछि देश अहिले सुशासन तथा द्रुत आर्थिक र सामाजिक विकाससहित समृद्धि हासिल गर्ने बाटामा रहेको बताउँदै सबै नेपालीको समृद्धिको अपेक्षा साकार पार्नु सबैको सामूहिक उत्तरदायित्व भएको र सामाजिक न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक सङ्कल्प पूरा गर्ने दिशामा सरकार अग्रसर भएको गरिन्। उनले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरुलाइ शुभकामना पनि दिएकि छन्। 
 

कमेन्ट लोड गर्नुस