सुदूर नेपाललाई विश्वसँग जोड्दै

माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ: अध्यक्ष दाहाल

२०८२ जेठ २, ०६:२० खबर संवाददाता

कैलालीः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको बताएका छन्।

कैलालीको चुरे गाउँपालिका–३ सहजपुरमा स्थानीयसँगको भेटघाटमा अध्यक्ष दाहालले भने, 'भर्खरै सम्पन्न तराई–मधेस जागरण अभियानले माओवादीप्रति जनतामा एउटा नयाँ उभार आएको छ। अबका दिनहरू माओवादी र जनताका दिन हुनेछन्।' भेटका क्रममा माओवादी केन्द्र चुरे गाउँ कमिटीले विभिन्न माग राख्दै अध्यक्ष दाहाललाई ज्ञापनपत्रसमेत बुझाएको थियो। माओवादी केन्द्रले यही जेठ २ गतेदेखि बैतडीबाट ‘मध्यपहाडी लोकमार्ग अभियान’ सुरु गर्दैछ।

कमेन्ट लोड गर्नुस