सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिप दुर्घटनामा एक जनाको मृत्यु

२०८१ जेठ १२, ०६:०१ खबर संवाददाता

पाँचथर: पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका वडा नम्बर–७ स्थित मेची राजमार्गमा पर्ने हेवाखोलामा जिप दुर्घटना परी एक जनाको मृत्यु भएको छ।

ताप्लेजुङबाट झापातर्फ जादैगरेको त्रिशक्ति कन्ट्रक्सनका कर्मचारीहरू बोक्ने बा. १७ च. ७९९९ नम्बरको जिप अनियन्त्रीत भएर सडकदेखि २५ मिटर तल खसेपछि नेपालगञ्ज बस्ने ३५ वर्षीय चालक श्याम बिकको मृत्यु भएको छ।

शुक्रवार साँझ भएको दुर्घटनामा परी जिपमा सवार घाईतेहरुलाई उद्दार गरी जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ। उक्त गाडीमा सवार रहेका ईलाम निवासी ३१ वर्षीय लक्ष्मण मुखियाको शरीरको बिभिन्न भागमा गंम्भिर चोट लागेर थप उपचारको लागि झापातर्फ रेफर गरिएको जिल्ला अस्पतालले जनाएको छ।

कमेन्ट लोड गर्नुस