चार बर्ष पछि तातोपानी नाका सञ्चालनमा

चार वर्ष पछि तातोपानी नाका सञ्चालनमा आएको छ। २०७२ बैशाख १२ गतेको भुकम्पपछि बन्द रहेको तातोपानि नाका मगंलबार देखि सञ्चालनमा आएको हो। तातोपानी नाका भन्सार प्रमुख कृष्णबहादुर बस्नेतले दिएको जानकारीका अनुसार तातोपानी नाका हुँदै चार कन्टेनर सामान ल्याउन चीन गएका छन्। उनले भने, ती कन्टेरनबाट बुधबार नाका हुँदै ऊन भित्रिने छ, ऊन भित्रिएसँगै तातोपानी नाका पुनः सञ्चालनमा आउने छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको उपस्थितिमा नाका पुनः सञ्चालन कार्यक्रम हुने र ‘भोलि ११ बजेदेखि नाका सञ्चालन हुने बताए।
उता चिनियाँ राजदूत होउ यानछीले भने चीनतिरको बस्ती भूकम्पपछि निकै जोखिममा परेकाले सारिएको र अहिले पनि जोखिम कायमै रहेकाले आमनागरिकले भने तत्कालै नाका प्रयोग गर्न नसक्ने बताएकि छन्। उनले नेपाली पक्षले पनि आफ्नोतिर बाटोलगायत पूर्वाधारको राम्ररी मर्मतसम्भार गरेर नाका सञ्चालन गर्ने बताइन।




