मोदीको सपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली भारत जाने

प्रधानमन्त्री केपी शर्मा ओली भारत जाने भएका छन। भारतबाट सोमबार औपचारिक निम्ता आएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन उनी बिहीबार भारत जाने भएका हुन। उक्त सपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य राष्ट्रलगायत अन्य देशको सरकार प्रमुखको सहभागिता रहने भएको छ।
बिमस्टेकमा भारत लगायत दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका देशहरु सहभागी रहेका छन। यस संगठनमा ७ देशको प्रतिनिधित्व रहेको छ। जसमा भारत, नेपाल, बंगलादेश, म्यानमार, श्रीलंका, थाइल्यान्ड, भुटान रहेका छन्। मोदीको सपथग्रहण समारोहमा सार्क मुलुकभित्रै पर्ने पाकिस्तान, अफगानिस्तान र माल्दिभ्सका सरकार प्रमुखलाई भने निम्ता नदिइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
मे ३० (जेठ १६) मा प्रधानमन्त्री मोदीले भारतीय प्रधानमन्त्रीको रुपमा दोस्रो कार्यकालका लागि सपथ लिँदैछन्।




