सुदूर नेपाललाई विश्वसँग जोड्दै

संसदमा पेस गरेको कुनै पनि विधेयक फिर्ता गरिदैन : प्रचण्ड

२०७६ जेठ १३, ०२:०८

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले संसदमा पेस गरेको कुनै पनि विधेयक फिर्ता नगर्ने बताएका छन्। कृष्णसेन स्मृति दिवसको अवमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कुनै पनि विधेयकको छलफल गर्ने थलो संसद भएको र त्यहीँ विस्तृत छलफल भएपछि पारित हुने बताए।

नेपाली कांग्रेसले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोगसँग सम्बन्धित विधेयक फिर्ता नलिए संसद बैठकनै चल्न नदिने चेतावनी दिएको भन्दै  उनले ती विधेयक संसदबाट फिर्ता नहुने बताए। उनले संसदमा पेस गरिएका सबै विधेयक संसदीय प्रक्रियाबाट पारित हुने र त्यसमा आवश्यक परिमार्जन भने गर्न आफ्नो पार्टी तयार रहेको बताए।
 

कमेन्ट लोड गर्नुस