सुदूर नेपाललाई विश्वसँग जोड्दै

ग्यास सिलिण्डर विसफोट हुँदा २ जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ जेठ १२, ०५:३५ खबर संवाददाता

काठमाण्डौँको सुकेधारामा ग्यासको सिलिण्डर विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ। केहि व्यक्ति घाइते भएका छन। विस्फोटमा परि मृत्यु हुनेको पहिचान भने खुल्न नसकेको महानगरीय प्रहरी परिसरका सूचना अधिकारी श्यामलाल ज्ञवालीले जानकारी दिए। 

महानगरीय प्रहरी परिसर काठमाण्डौले अहिले घटनास्थलमा उद्धारको काम भैरहेको छ जनाएको छ। घाइतेलाई टिचिङ अस्पतालमा उपचारका लागि पठाइएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यस्तै काठमाण्डौको अनामनगरमा पनि विस्फोट भएको छ। उक्र विस्फोटमा परि एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।  प्रहरी प्रवक्ता विश्वराज पोख्रेलले दिएको जानकारीका अनुसार मृतकको परिचय नखुलेको र अर्का एक एक जना घाइते भएकालाई वीर अस्पतालमा उपचार भैरहेको छ।

अहिलेसम्म ग्यास सिलिन्डर विस्फोट भएको या बम विस्फोट भन्ने खुल्न नसकेको पनि प्रहरी प्रवक्ता पोख्रेलले बताए।
 

कमेन्ट लोड गर्नुस