सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाम पुगेर सकियो साझा विवेकशिलको भ्रष्टाचार विरुद्धको अभियान

२०७६ जेठ ११, ०६:४५

टिकापुरबाट सुरु भएको साझा विवेकशिल पार्टीको भ्रष्टाचार विरुद्धको अभियान अछाम पुगेर सकिएको छ। जेठ १ गते देखि कैलालीको टिकापुरबाट सुरु भएको अभियान अछामको मंगलसेनमा समापन भएको हो। अभियानाको अन्तिम दिन आज विहान बाजुराको मार्तडीमा कार्यक्रम गरिएकोमा दिउसो अछामको मंगलसेनमा कोण सभा गर्दै अभियान समापन गरिएको हो। 

अभियान अन्तरगत विभिन्न स्थानमा आयोजित कोण सभा कार्यक्रममा पार्टीका संयोजक रविन्द्र मिश्र, पार्टी प्रवक्ता सुर्यराज आचार्य, संगठन विभाग प्रमुख मुमाराम खनाल, सुदूरपश्चिम प्रदेश संयोजक गोपाल हमाल, उप–संयोजक दिनेशराज भण्डारी लगायतका नेताले सम्वोधन गर्नुभएको थियो। अभियान अन्तरगत प्रदेशका नौ वटै जिल्लाका २४ स्थानमा कोण सभाको आयोजना गरिएको पार्टीले जनाएको छ। नेपाल भ्रष्टाचारको काण्डैकाण्ड भएको देशले परिचित हुन थालेको भन्दै पार्टीले त्यस्का विरुद्धमा जनजागरण फैलाउने उद्येश्यका साथ सुदूरपश्चिममा अभियान सुरु गरेको थियो। 
 

कमेन्ट लोड गर्नुस