सुदूर नेपाललाई विश्वसँग जोड्दै

भेनेजुयलाको एक कारागारमा झडप : २९ जनाको मृत्यु, १९ जना घाइते

। फोटो स्रोत ।
२०७६ जेठ ११, ०२:१५ खबर संवाददाता

भेनेजुयलाको एक कारागारमा झडप हुँदा २९ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। भेनेजुयलाको अक्कारिगुवा शहरमा रहेको कारागारमा बन्दीहरुले ग्रिनेट विष्फोट गराएको प्रहरीले जनाएको छ। उनीहरुसंग हतियार रहेको बताइएको छ। 

उनीहरुले आगन्तुकहरुलाई समेत बन्दी बनाएका थिए। ठूलो संख्यामा रहेका बन्दीहरु भाग्ने प्रयास गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिने गोली समेत चलाएको जनाएको छ। २ सय ५० जना अट्ने क्षमता रहेको कारागारमा ५ सय ४० बन्दी रहेका थिए। 

कमेन्ट लोड गर्नुस