सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीको लोकसभा चुनावबाट नेपालको नेकपाले पाठ सिक्नु पर्ने जरुरी छ : नेता नेपाल

। फोटो स्रोत ।
२०७६ जेठ १०, ०६:१५ खबर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले भारतको लोकसभा चुनावबाट नेपालको कम्युनिष्ट पार्टीले पाठ सिक्नुपर्ने बताएका छन। शुक्रबार नेपालगञ्जमा नेकपा बाँके जिल्ला कमिटकिा सदस्यहरुलाई सपथ ग्रहण गराउँदै उनले सो कुरा बताएका हुन। 

भारतीय कम्युनिष्ट नेताहरुको पार्टीत्रिको अहंकार, नागरिकबाट टाढा हुनु र भ्रष्टिकरणले पार्टी कमजोर भएको बताउँदै उनले ’कुनै बेलाको सशक्त र तीन राज्यमा सरकार चलाएको कम्युनिष्ट पार्टी कमजोर हुनुको कारणबारे नेपालको कम्युनिष्ट पार्टीले सिक्न जरुरी रहेको बताए। 

कम्युनिष्ट पार्टीको नेता कार्यकर्ताको आचरण, व्यवहार, चरित्र र सिद्धान्तमा भ्रष्टिकरण हुन नहुनेमा जोड दिँदै नेपालमा पनि कांग्रेसको अयोग्यताबाट कम्युनिष्ट पार्टीले पाठ सिक्दै जनतासँग प्रत्यक्ष जोडिनुपर्ने बताए।
 

कमेन्ट लोड गर्नुस