सुदूर नेपाललाई विश्वसँग जोड्दै

पार्टी भक्तबाट स्वतन्त्र नागरिक बनौँ: संयोजक मिश्र

२०७६ जेठ ९, ०६:३९ डीवि विष्ट

साझा विवेकशिल पार्टीका केन्द्रिय संयोजक रबिन्द्र मिश्रले पार्टीका भक्त नभएर स्वतन्त्र विवेकशिल नागरिक हुन सुझाव दिएका छन्। भ्रष्टाचार विरुद्धको अभियानका क्रममा बझाङ सदरमुकाम चैनपुरमा बिहिबार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। उनले अहिलेका नेताहरुको हस्तक्षेपका कारण राज्यका सबै संयन्त्रहरुमा ईमान्दारिता, नैतिकता, पदिय मर्यादा हराउदै गएको र भ्रष्टाचार मौलाएको भन्दै त्यस्का विरुद्ध आम नागरिक लाग्नुपर्ने बताए। साझा विवेकशिल पार्टीका प्रवक्ता डाक्टर सुर्यराज आचार्यले अहिलेका नेताहरुमा ईमान, निष्ठा हराएको बताउदै राजनीति भन्दा पनि मूलुकको आमुल परिर्बतन गर्नका लागी राजनीतिमा लागेको बताए। 
यस्तै सोही अभियानका क्रममा पार्टी प्रबेश गर्नेहरुलाई सार्बजनिक समारोहमा माटोको टिका लागाएर पार्टीका संयोजक मिश्रले स्वागत गरेका थिए। अभियान अन्तरगत आज नै बझाङको झोता बजारमा पनि कार्यक्रम भएको छ। भ्रष्टाचार बिरुद्धको अभियान सुदूरपश्चिमका नौ वटै जिल्लामा सञ्चालन भईरहेको छ। 
 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस