सुदूर नेपाललाई विश्वसँग जोड्दै

मिडिया काउन्सिल विधेयक सच्याउनु पर्छ : वामदेव गौतम 

। फोटो स्रोत ।
२०७६ जेठ ९, ०१:५३ खबर संवाददाता

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले बिहीबार एक विज्ञप्ती जारी गर्दै संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक सच्याउनु पर्ने बताएका छन। उनले सरकार मन्त्रिपरिषदबाट पारित भई राष्ट्रियसभा सचिवालयमा दर्तासमेत गराइएको मिडिया काउन्सिलसम्बन्धि विधेयकका कतिपय विवादास्पद प्रावधानप्रति आफ्नो गम्भीर ध्यानाकर्षण गराउँदै कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक जस्ताकोतस्तै अगाडि नबढाउन आग्रह गरेका छन्।

सरकार, राजनीतिक पार्टी र प्रेस सबै मर्या्दित र अनुशासित हुनुपर्दछ भन्ने विचारसँग आफू पूर्ण सहमत भएको तर समय समयमा पेशाको मर्यादा र भावना कुल्चिएर गरिने पत्रकारिता (पीत पत्रकारिता)बाट आफू पनि शिकार हुँदै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

समाचार लेखेकै कारण पत्रकारलाई दश लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था उचित नभएको बताउँदै बोल्न नसक्नेहरूका प्रतिनिधि, समाजका पहरेदार र ऐनाको रुपमा रहेको पत्रकारलाई सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। ‘प्रेस, व्यवसायिक पत्रकार र सञ्चारकर्मीहरुलाई स्वतन्त्र, निष्पक्ष, निर्भिक एवं सुरक्षित वातावरणमा काम गर्ने अवस्था राज्यले निर्माण गर्नुपर्ने विज्ञप्तीमा उल्लेख छ। 

कमेन्ट लोड गर्नुस