सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात

२०८० चैत्र ३०, ०८:१० खबर संवाददाता

नेपालले एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ। नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो। मलेसियाले दिएको १४४ रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।

नेपालका लागि आसिफ सेखले ३२, कप्तान रोहित पौडेलले २८, कुशल भुर्तेलले २४, गुलशन झाले अविजित १९ र सन्दीप जोराले अविजित १२ रन बनाएका थिए। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको थियो।

मलेसियाका लागि कप्तान भिरनदीप सिंहले सर्वाधिक ६८ रन बनाए भने शर्विन मुनियान्डीले ४१ रन बनाएका थिए। त्यस्तै मुहमद अमिरले १६ रन बनाएका थिए। नेपाली बलर दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए। यो जितपछि नेपालले समूह ए मा २ अंक हासिल गरेको छ। अब नेपालले दोस्रो खेल शनिबार कतारसँग खेल्ने छ।
 

कमेन्ट लोड गर्नुस