सुदूर नेपाललाई विश्वसँग जोड्दै

वन तथा वातावरण सम्बन्धी दुई विधेयक स्वीकृत

। फोटो स्रोत ।
२०७६ जेठ ८, ०३:१६ खबर संवाददाता

वन तथा वातावरण सम्बन्धी दुई विधेयक स्वीकृत गरेको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले वन तथा वातावरण सम्बन्धी दुई विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेका हो। उक्त बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘वन विधेयक, २०७५’ र ‘वातावरण संरक्षण विधेयक, २०७५’ माथि विचार गरियोस’ भनी प्रस्ताव प्रस्तुत गरेको थियो।  

विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुले गहन छलफल र अध्ययन गरेर मात्र विधेयकलाई अन्तिम रुप दिनुपर्ने सुझाव दिएको थियो। मन्त्री बस्नेतले विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्र्रश्नको जवाफ दिँदै विधेयक समृद्ध बनाउन प्राप्त सुझावलाई ग्रहण गर्दै वनको संरक्षण, उपयोग र लाभका समन्यायिक वितरण गर्ने बताए। उनले नेपालमा वन ४४.७४ प्रतिशत रहेको र यति ठूलो स्रोत निष्क्रिय भएर बसेको हुँदा वातावरणीय, आर्थिक र सामाजिक तीनै पक्षबाट उपयोग गर्न आवश्यक रहेकोमा जोड दिए। मन्त्री बस्नेतले वनको पूर्ण क्षमतामा उपयोग तथा व्यवस्थापन गर्ने त्यो नीतिलाई विधेयकमा व्यवस्था गरी दिगो उपयोग बनाउने जानकारी दिए।

मन्त्री बस्नेतले वातावरणसम्बन्धी विधेयकमा प्रदूषकले प्रदूषण गरेबापत क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था समेटिएको उल्लेख गर्दै यसले नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक अधिकार सुनिश्चित हुने अवगत गराए। विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद दिलेन्द्रप्रसाद बडूले ४४ प्रतिशत वन छ भन्ने तथ्याङ्क सही भए÷नभएको बारेमा अध्ययन गर्नुपर्ने र वन अतिक्रमण गरेर भोगाधिकार गरेका बस्तीका कारणले वनमा परेको असरतर्फ सरकारले ध्यान दिनुपर्ने सुझाव दिए।  

सांसद घनश्याम खतिवडाले वन संरक्षण गर्न सामुदायिक वनको भूमिका महत्वपूर्ण रहेको र नयाँ ऐन बनाउँदा चुरेको वन संरक्षणलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए। सांसद रामेश्वर राय यादवले वन क्षेत्रमा रुख कम हुन नदिन वृक्षरोपणमा जोड दिनुपर्ने बताउँदै वन र बस्ती जोडिएको ठाउँमा बढी वन विनाश भएकोप्रति सरकारले ध्यानाकर्षण गराए। सांसद मीनबहादुर विश्वकर्माले संस्थागत रुपमा वन क्षेत्रको फँडानी गर्ने काम भइरहेको भन्दै विधेयकमा त्यससम्बन्धी स्पष्ट व्यवस्था हुनुपर्ने धारणा व्यक्त गरे। उनले वनस्पतिको आयु हेरेर पुस्तान्तरण गर्नु जरुरी रहेको भन्दै वृक्षरोपण, संरक्षण र उपयोगका बारेमा नीति ल्याउनुपर्ने आवश्यकता औंल्याए। 

सांसद योगेश भट्टराईले जलवायु परिवर्तनका समस्या बढ्दै गएको उल्लेख गर्दै ठूला राष्ट्रले गरेका गलत प्रयोगका कारण नेपालजस्ता साना राष्ट्रहरुलाई जलवायु परिवर्तनका असर परेको बताए। सांसद पुष्पा भुसालले काठमाण्डौजस्ता ठूला शहरमा धुँवा र धुलोका कारणले जनजीवन निकै कष्टकार बनेको बताउँदै जलवायु परिर्वतनसँग जोडिएर आउने विषयलाई विश्व समुदायसँग जोड्न जरुरी रहेको धारणा व्यक्त गरे। रासस
 

कमेन्ट लोड गर्नुस