सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल निर्माण गर्न अप्टिकल फाइबर महामार्ग हुने

। फोटो स्रोत ।
२०७६ जेठ ७, ०५:१९ खबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल निर्माण गर्न अप्टिकल फाइबर महामार्ग हुने बताएका छन्। उनले नेपाल हरेक दिन एक पाइला अघि बढेको बताउँदै अप्टिकल फाइबरको फाइदा हरेक नेपालीले पाउने उल्लेख गरे। 

सोमबार धादिङमा आयोजित पुष्पलाल मध्यपहाडी लोकमार्ग सूचना महामार्ग निर्माणकार्यको शलान्यास गर्दै उनले नेपाल हरेक दिन एक पाइला अघि बढेको बताए। अप्टिकल फाइबरको फाइदा हरेक नेपालीले पाउने उल्लेख गर्दै सामाजिक सुरक्षा भत्ता, योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता, तनखा, बचतसहितका कारोबार बैंकमार्फत गर्ने र  कहाँ के भइरहेको छ, आफूलाई चाहिने सबै कुरा नेटमार्फत प्राप्त गर्न यसलाई सञ्जालीकरण गरिएको बताए

अप्टिकल फाइबर सञ्जालीकरणमा जिम्मा लिनेले समयमै पूरा गर्नुपर्ने भन्दैै शिक्षा, स्वास्थ्यसहितका क्षेत्रमा आमूल परिर्वतन गरी विकसित, अनुशासित, शान्त र स्थिरता भएको देश बनाउन चाहेको बताए। उनले जेठ १५ मा आउने बजेटले गेयर चेन्ज गर्ने बताउँदै स्थानीय तहलाई बलियो बनाउने गरी लोककल्याणकारी बजेट ल्याइने दाबी गरे। सोे महामार्गले प्रदेश १, २, ३ लाई जोड्ने जनाईएको छ। 

उक्त कार्यक्रममा सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँसकोटा, मुख्यमन्त्री डोरमणि पौडेल, चिनियाँ राजदूत हौ यान छि लगायतको उपस्थिति रहेकेका थियो। 
 

कमेन्ट लोड गर्नुस