सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिका र इरानबीच तनाव : धम्की नदिन ट्रम्पको चेतावनी

। फोटो स्रोत ।
२०७६ जेठ ६, ०७:१५ खबर संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरीकालाई धम्की लगाइरहे इरानलाई सिध्याइदिने चेतावनी दिएका छन। उनले ट्वीट गर्दै अमेरिकासँग लड्न तयार भए ‘इरानको आधिकारिक अस्तित्वकै समाप्त हुने’ बताएका हुन्। परमाणु सम्झौतालाई लिएर अमेरिका र इरानबीच केही दिनयता तनाव बढ्दै गएको छ।

सन् २०१५ मा इरानसहित अमेरिका, चीन, रुस, बेलायत, फ्रान्स र जर्मनीबीच परमाणु सम्झौता भएको थियो। अमेरिकाले गत वर्ष यो सम्झौता तोडेको थियो। इरानले पनि अहिले सम्झौताबाट आंशिक रुपमा अलग भएको जनाएको छ। यसैबीच अमेरिकाले मध्यपूर्वमा अत्याधुनिक हतियारसहित आफ्ना सेनाको तैनाथी बढाएको छ। 

 
 

कमेन्ट लोड गर्नुस