सुदूर नेपाललाई विश्वसँग जोड्दै

किर्ते गरेको आरोपमा राजपाका केन्द्रय सदस्यद्धय पुर्पक्षका लागि जेल चलान

। फोटो स्रोत ।
२०७६ जेठ ६, ०७:०१ खबर संवाददाता

राष्ट्रिय जनता पार्टी (राजपा) सप्तरीका केन्द्रीय सदस्यद्धय जेल चलान भएका छन। उपभोक्ता समिति गठन प्रकरणमा किर्ते गरेको आरोपमा राजपाका केन्द्रिय सदस्यद्धय बीपी यादव र हरि मण्डल सोमबार जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलाशले पुर्पक्षका लागि कारागार थुनामा राख्ने आदेश दिएको अदालतले जनाएको छ।

त्यस्तै सोही प्रकरणमा पक्राउ परेका पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख सिनियर डिभिजनल इन्जिनयर राजकुमार गोइत ४ लाख धरौटीमा पुर्पक्षका लागि तारेखमा रिहा भएका छन्। पक्राउ परेका रुपनी गाउँपालिका–६ का रामानन्द ठाकुर र सोही ठाउँका दिलिप दाससँग अदालतले साढे दुई लाख धरौटी माग गरेको छ। उनीहरुमाथि प्रदेश–२ को भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सप्तरी जिल्लामा सञ्चालित योजनाको रकम कुम्ल्याउन गाउँपालिका तथा वडा कार्यालयको लेटरप्याड तथा दस्तखत किर्ते गरी सडक निर्माण उपभोक्ता समिति बनाएको आरोप छ। 

अग्नीसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत २५ लाख रुपैयाँको योजना कुम्ल्याउन नागरिकतामा समेत केरमेट गरी प्रमुख प्रशासकिय अधिकृत र वडा अध्यक्षहरुको किर्ते हस्ताक्षर गरी उपभोक्ता समिति गठन गरिएको विषयमा प्रहरीमा उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो।

कमेन्ट लोड गर्नुस