सुदूर नेपाललाई विश्वसँग जोड्दै

साझा विवेकशिलको भ्रष्टाचार विरुद्धको अभियान बैतडीमा

२०७६ जेठ ६, ०६:०४

टिकापुरबाट सुरु भएको साझा विवेकशिल पार्टीको भष्ट्रचार विरुद्धको महाअभियान अन्तरगत आज बैतडीमा कार्यक्रम भएका छन्। बैतडीको पाटन र जिल्ला सदरमुकाम गोठालापानीमा आज भ्रष्टाचार विरुद्धको अभियान अन्तरगत कोण सभाको आयोजा गरिएको साझा विवेकशिल पार्टीले जनाएको छ। कोण सभा कार्यक्रममा पार्टीका संयोजक रविन्द्र मिश्र, पार्टी प्रवक्ता सुर्यराज आचार्य, संगठन विभाग प्रमुख मुमाराम खनाल, सुदूरपश्चिम प्रदेश संयोजक गोपाल हमाल, उप–संयोजक दिनेशराज भण्डारी लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ। पार्टीको महाअभियान कैलाली, कञ्चनपुर फेरी कैलाली, डडेल्धुरा हुँदै बैतडी पुगेको हो। अभियान अन्तरगत सुदूरपश्चिम प्रदेशका नौ वटौ जिल्लामा कोण सभा आयोजना गर्ने कार्यक्रम रहेको छ। अभियान अन्तरगत प्रदेशका नौ वटै जिल्लाका २६ स्थानमा कोणसभाको आयोजना गरिनेछ। जेठ ७ गते गोकुले, दार्चुलाको खलंगा, ९ गते बझाङ सदरमुकाम चैनपुर, १० गते डोटीको दिपायल, सिलगढी र साफे, ११ गते बाजुराको मार्तडी, अछाम सदरमुकाम मंगलसेन तथा १२ गते अछामको कमल बजार र बिनायकमा कोणसभा गरिने साझा विवेकशिल पार्टीले  जनाएको छ।
नेपाल भष्ट्रचारको काण्डैकाण्ड भएको देशले परिचित हुन थालेको भन्दै साझा विवेकशिल पार्टीले त्यस्को विरुद्धमा जनजागरण फैलाउने उद्येश्य सहित सुदूरपश्चिममा अभियान सुरु गरेको हो। जनताले विकास र समृद्धिका लागि मत दिएपनि नेताहरुदले दुरुपयोग गर्दै  भष्ट्रचार मात्रै गरेको आरोप पार्टीले लगाएको छ। 
 

कमेन्ट लोड गर्नुस