सामाजिक रुपान्तरणले मात्र विकास सम्भव छ : मुख्यमन्त्री पौडेल

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मात्र विकास नभइ सामाजिक, आर्थिक विकास र सामाजिक रुपान्तरणले मात्र विकास सम्भव हुने बताएका छन।
सोमबार धादिङ जिल्लाको गजुरी गाउँपालिका भवनको उद्घाटन गर्दै उनले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको समन्वयमा मात्र विकास हुने बताए। उनले विकासका नाममा पैसा बाँड्ने नभई आधारभूत विषय पहिचान गरेर योजना अनुरुप काम गर्न गाउँपालिकालाई आग्रह समेत गरे।
कार्यक्रममा प्रदेश ३ का आन्तिरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलले ‘समृद्ध नेपाली सुखी नेपाली’ बनाउन सबै मिलेर लाग्नुपर्ने बताए।
यस्तै गाउँपालिका प्रमुख राजेन्द्र विक्रम बस्नेतले गजुरी गाउँपलिकाको नयाँ सुविधा सम्पन्न भवनबाट काम सुरुवात गर्दैे उच्चस्तरीय सेवा प्रदान गर्ने बताए।




