सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागूऔषधसहित कैलालीका युवक पक्राउ

२०८० चैत्र ७, ०८:०० खबर संवाददाता

धनगढीः कञ्चनपुरमा लागूऔषधसहित कैलालीका एक युवक पक्राउ परेका छन्।

कञ्चनपुरको पुनर्वास नगरपालिका-११ डोके बजारबाट १ ग्राम ६०० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) र २० ग्राम २५० मिलिग्राम लागू औषध जस्तो देखिनेकालो पदार्थसहित कैलालीको कैलारी गाउँपालिका-५ बस्ने २१ वर्षीय बिजय चौधरी मंगलवार साँझ पक्राउ परेका हुन्।

प्रहरी चौकी परासनबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस