त्रिशुलीमा बस खस्दा मृत्यु हुनेको संख्या ७ पुग्यो

धादिङको पृथ्वी राजमार्ग अन्तर्गत आदमघाट नजिकै त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ७ पुगेको छ। काकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ४३ ८७ नम्बरको रात्री बस गजुरी गाउँपालिकाको बन्छेटारमा घुम्तीबाट त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा काठमाण्डौको चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षिया सीता थपलिया, काठमाण्डौ थानकोटका ५१ वर्षिय राजकुमार सुवेदी, कन्याम इलामका २० वर्षिय विशाल गिरी र धादिङका राजन आचार्य रहेका छन।
यस्तै प्रकाश श्रेष्ठ, शेखर मगर र उज्वल पाण्डेको परिचय खुले पनि ठेगाना खुलेको छैन भने घाइते मध्ये १७ जनाको काठमाण्डौको ट्रमा सेन्टर तथा अन्यको धादिङको गुजरी र जिल्ला अस्पतालमा उपचार भैरहेको छ। बसमा कतिजना यात्रु थिए भन्ने नखुलेको प्रहरीले जनाएको छ।




