सुदूर नेपाललाई विश्वसँग जोड्दै

अस्ट्रेलियामा सत्तारुढ गठबन्धन विजयी

। फोटो स्रोत ।
२०७६ जेठ ५, ११:३६ खबर संवाददाता

अस्ट्रेलियामा भएको निर्वाचनमा सत्तारुढ गठबन्धन विजयी भएको छ। प्रधानमन्त्री स्टक मोरिसन नेतृत्वको कन्जरभेटिभ गठबन्धनले जित हात पारेकोमा मोरिसनले निर्वाचनमा पुनः जित दिलाएका भन्दै मतदातालाई धन्यवाद दिएका छन्।

उनले आफूलाई चमत्कारमा विश्वास भएको भन्दै यो अनुमान पहिले नै गरिसकेको भन्दै उनले आफू नेतृत्वको गठबन्धनले करिब बहुमत ल्याएको बताए। अस्ट्रेलियाको विपक्षी दल लेबर पार्टीका नेता बिल सर्टनले आफ्नो पराजय स्वीकार गरिसकेका छन्। उनले पार्टी नेताबाट राजीनामा दिने तयारी गरेका छन्।

चुनावको अन्तिम परिमाम घोषणा हुन भने बाँकी नै छ। तर, ७० प्रतिशतभन्दा बढी मतको गणना हुँदा गठबन्धनले जित हासिल गरेको हो। बहुमतका लागि अस्ट्रेलियामा ७६ सिट आवश्यक पर्ने छ। सत्तारुढ गठबन्धन ७४ सिटमा अगाडि देखिएको छ। लेबर पार्टी ६६ सिटमा अगाडि छ। पछिल्ला दुई वर्षमा गरिँदै आएको एक्जिट पोलमा भने गठबन्धन लेबर पार्टीसँग पछाडि पर्दै आएको थियो। 
 

कमेन्ट लोड गर्नुस