सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिशूली नदीमा बस खस्यो : ५ जनाको मृत्यु २५ जना घाईते

फाईल फोटो
फाईल फोटो । फोटो स्रोत ।
२०७६ जेठ ५, १०:०६ खबर संवाददाता

धादिङको पृथ्वी राजमार्ग अन्तर्गत आदमघाट नजिकै त्रिशूली नदीमा बस खस्दा ५ जनाको मृत्यु भएको छ भने, २५ जना घाइते भएका छन।  काकडभिट्टाबाट काठमाडौं जाँदै गरेको ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानबाट आइतबार बिहान त्रिशूली नदीमा खसेको प्रदेश नम्बर ३ का प्रहरी प्रमुख डिआईजी दीपक थापाले जानकारी दिए। 

दुर्घटनामा परी घाईते हुने २५ जना मध्ये ३ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि काठमाण्डौँ पठाईएको छ भने अन्यको गजुरी, आदमघाट र गल्छीका अस्पताल तथा हेल्थपोष्टहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ।  डिआईजी थापाका अनुसार मृतक र घाइतेको परिचय खुलेको छैन भने चालक सम्पर्कमा नरहेको र दुर्घटनाको कारण पनि खुलेको छैन।

 

कमेन्ट लोड गर्नुस