सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा जिप दुर्घटना हुँदा ९ जना घाइते

२०८२ जेठ २१, ०५:४७ खबर संवाददाता

दिपायल: डोटीमा जिप दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन्। जिल्लाको दिपायल–सिलगढी नगरपालिका–७ उडीतोलास्थित भित्री सडकमा जिप दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बगलेकबाट जिल्ला सदरमुकाम सिलगढी आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ च ०२४४ नम्बरको जिप बुधवार बिहान दुर्घटना भएको छ। ब्रेक फेल भएर जिप दुर्घटना भएको बताइएको छ।

दुर्घटनामा सायल गाउँपालिका– ४ भल्माका वर्ष २५ की पदमा बिष्ट, सायल गाउँपालिका–३ कचालीकी वर्ष ६० की हरु बयाडी, सोही ठाउँका वर्ष २१ को यदु बयाडी घाइते भएका छन्।

त्यस्तै, पूर्वीचौकी गाउँपालिका–२ ठाकरा बस्ने वर्ष ३५ को गोविन्द ओली, सोही ठाउँकी वर्ष ४० की कुन्ती नेपाली, वर्ष ४० की हर्कादेवी साउँद, वर्ष ४० की कलु साउँद , वर्ष ५० की गोलमादेवी दमाई र वर्ष ३० को बाजी दमाईँ घाइते हुनुभएको छ। घाइतेहरूको जिल्ला अस्पताल सिलगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक दिपेन्द्रकुमार पालले बताए।

आइतवार मात्रै जिल्लाको केआइसिंह गाउँपालिका–५ केदार गाउँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो। अन्य आठ जना घाइते भएका थिए।

 

कमेन्ट लोड गर्नुस