सुदूरपश्चिममा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि
धनगढी: सुदूरपश्चिम प्रदेशमा बितेको २४ घण्टामा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले बुधवार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार, सीमा नाकामा परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
कैलालीको गौरीफन्टा नाकामा परीक्षणका क्रममा कोरोना देखिएको केन्द्रले जनाएको छ। भारतमा कोरोना सङ्क्रमण देखिन थालेपछि नेपालका नाकाहरूमा कडाइ गरिएको छ।