वन कार्यालय कञ्चनपुरका प्रमुख ठाकुरको जग्गा नेकपा बहुमतको कब्जामा
धनगढी : डिभिजन वन कार्यालय, कञ्चनपुरका प्रमुख राम बिचारी ठाकुरको जग्गा नेकपा बहुमतले कब्जा गरेको छ।
कैलालीको भजनी नगरपालिका–९ का एक असहाय महिलाको जग्गा जालझेल गरेर आफ्नो नाममा दर्ता गरेको भनदै नेकपा बहुमतले जग्गा कब्जा गरेको हो।
नेकपा बहुमत निकट युवा संगठनका नेता दीपेन्द्र ऐरले लोकेन्द्र बहादुर चौधरीको २१ दशमलव १० धुर जग्गा रामबिचारीले आफ्नो नाममा जालझेल गरेर लगेको भन्दै कब्जा गरेको बताए।