सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुन चाँदी व्यवसायलाई आधुनिकीकरण गर्नु जरुरी छः मुख्यमन्त्री शाह

२०८० चैत्र ३, ०९:१२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले समयानुसार सुन चाँदी व्यवसायलाई आधुनिकीकरण गर्दै लैजानुपर्ने बताएका छन्।

आज नेपाल सुनचाँदी व्यवसायी महासङ्घ सुदूरपश्चिम प्रदेश समितिद्वारा आयोजित चौथो प्रदेशसभा तथा दोस्रो अधिवेशन कार्यक्रममा उनले अग्रजले परम्परागतरूपमा गर्दै आएको व्यवसायलाई समयानुसार परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिए।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका सुदूरपश्चिम प्रदेश अध्यक्ष सन्तोष लामिछानेले नेपालका मौलिक गहनालाई राष्ट्रिय गहना घोषणा गर्न सरकारको ध्यान जानुपर्ने बताए।
 

कमेन्ट लोड गर्नुस