सुदूर नेपाललाई विश्वसँग जोड्दै

विप्लव नेतृत्वको नेकपा जिल्ला इञ्चार्ज सहित ३ जना बम र हतियारसाथ पक्राउ

। फोटो स्रोत ।
२०७६ जेठ ४, ०७:२८ खबर संवाददाता

रोल्पामा विप्लव नेतृत्वको नेकपा जिल्ला ईञ्चार्ज सहित ३ जना बम र हतियार सहित पक्राउ परेका छन्। जिल्लाको थवाङ गाँउपालिका वडा नं. २ निवासी ५२ वर्षीय जिल्ला इञ्चार्ज जयबहादुर रोका (प्रताप), लुंग्री गाउँपालिका वडा नम्बर १ का ४२ वर्षीय लुंग्री र सुनछहरी गाँउपालिकाका इञ्चार्ज धनबहादुर खत्री (टाइगर) र लुंग्री गाउँपालिका वडा नम्बर २ निवासी ४२ वर्षीय ईलाका इञ्चार्ज भुपेन्द्र खड्का (गोरे)लाई हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं डिएसी दीपक खड्काले दिएको जानकारी अनुसार उनीहरूबाट एक थान नकटुवा पेस्तोल, ३०३ साइफलको १४ रोउन्ड गोली, अन्य गोली ११ राउन्ड, २ थान सकेट बम, एक थान खुकुरी बरामद गरिएको छ।

उनीहरूलाई बिहीवार साढे १ बजेतिर लुंग्री गाउँपालिका वडा नं. १ बाट पक्राउ गरिएको खड्काले बताए। पक्राउ परेकाहरूविरूद्ध शुक्रबार जिल्ला अदालतबाट ५ दिने म्याद थप गरी संगठित अपराध निवारण ऐन २०७४ अन्तरगत मुद्दा दर्ता गरी अनुसन्धान सुरू भएको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस