सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट एक लाख बढीको तस्करीको सामान बरामद

२०८० फाल्गुन २१, ०५:१९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले एक लाख बढीको तस्करीको सामान बरामद गरेको छ।

भीमदत्त नगरपालिका–६ सुकासालबाट भन्सार छलिका अन्दाजी एक लाख दुई हजार १७० मुल्य बराबरका दुध पाउडर, तेल, सुर्ती, पेप्सि, सलाई, बिस्कुट, ब्रस, बिँडि, चियापत्ति, मिठाई, मटर, प्लास्टिक, नरिवल, सुट, लेहङ्गा लगाएतका सामान बेवारीसे अवस्थामा फेला पारी बरामद गरिएको छ।

नियन्त्रणमा लिएको सामान कारबाहीका लागि भन्सार कार्यालय पठाएको प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।
 

कमेन्ट लोड गर्नुस