नेकपाको शुक्रबार विशेष कार्यक्रम गर्ने तयारी

नेपाल कम्युनिष्ट पार्टी नेकपाले एकताको एक वर्ष र मदन आश्रित स्मृति दिवसको अवसरमा शुक्रबार विशेष कार्यक्रम गर्ने तयारी गरेको छ। गतवर्ष जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा घोषणा भएको शुक्रबार एक वर्ष पुग्दैछ। सो को अवसरमा नेकपाले शुक्रबार विशेष कार्यक्रम गरी एकता प्रक्रिया टुंगो लगाएको घोषणासमेत सोही कार्यक्रममा गर्ने तयारी गरेको छ। तयारी अनुसार नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी रहेको जनाईएको छ।
उक्त बैठकमा बाामदेव गौतम बाहेकका अन्य आठ सचिवालय सदस्य सहभागी रहेका छन्। बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठसँगै नेताहरु ईश्वर पोखरेल र रामबहादुर थापा समेत सहभागी छन्।
नेकपामा १४७ सदस्य पोलिटब्युरो बन्ने छ। ८१ पूर्वएमाले र ६६ पूर्वमाओवादीले लिने सहमति छ। तीन महिनामा एकता प्रक्रिया टुंगो लगाउने घोषणा गरेको नेकपाले वर्षदिन पुग्दासम्म पोलिटब्युरो सदस्य चयन र जनसंगठनको एकता गर्न सकेको छैन।




