सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकामा राष्ट्रिय आपतकालको घोषणा

। फोटो स्रोत ।
२०७६ जेठ २, ११:४३

अमेरिकामा राष्ट्रिय अपतकालको घोषणा गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको कम्प्युटर नेटवर्कलाई ’विदेशी विरोधी’ बाट जोगाउन राष्ट्रिय आपतकालको घोषणा गरेको हो। उनले राष्ट्रिय सुरक्षाको खतरालाई ध्यानमा राख्दै एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्, जुन आदेशमा अमेरिकी कम्पनीहरुलाई विदेशी दूरसञ्चार सेवाको उपयोग गर्न प्रतिबन्ध लगाइएको छ।  

आदेशमा कुनै पनि कम्पनीको नाम उल्लेख नगरिएको भए पनि यो आदेशले चीनको बहुराष्ट्रिय दूरसञ्चार उपकरण र उपभोक्ता इलेक्ट्रोनिक्स निर्माता कम्पनी हुवावेलाई लक्षित गरेको बताइएको छ। यद्दपी हुवावेले भने अमेरिकामा आफ्नो व्यापार बन्द गर्दा अमेरिकी उपभोक्ता र कम्पनीलाई आघात पुग्ने बताएको छ। 

अमेरिकाको नेतृत्वमा अन्य धेरै देशहरुले पछिल्लो केही महिनादेखि हुवावेको उत्पादन चीनले निगरानीको लागि प्रयोग गरिरहेको आरोप लगाउँदै आएका छन्। अमेरिकाले आफ्ना सङ्घीय निकायहरूलाई हुवावेको उत्पादन प्रयोग गर्नबाट बर्जित गरेको छ। अमेरिकाले आफ्ना सहयोगीमाथि पनि हुवावेको ’फाइभ जी’ नेटवर्कको सेवाबाट टाढा बस्न दबाब दिँदै आइरहेको छ।
 

कमेन्ट लोड गर्नुस