सुदूर नेपाललाई विश्वसँग जोड्दै

गायक भक्तराज आचार्यको निधन

२०८० फाल्गुन १५, ११:१८ खबर संवाददाता

काठमाडौंः गायक भक्तराज आचार्यको निधन भएको छ।

उनको सोमबार निधन भएको संगीतकार हरि लम्सालले बताए। उनका अनुसार आचार्यलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको हो। आचार्यको पार्थिव शरीरलाई मंगलबार संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ।

१९९९ सालमा धनकुटामा जन्मिएका आचार्य भजन शिरोमणिको उपनामबाट परिचित थिए। उनका हजार सपनाहरूको, जति चोट दिन्छौं, मुटु जलिरहेछ लगायत गीत चर्चित छन्। २०४६ सालमा दुर्घटनामा परेपछि आचार्यले आफ्नो स्वर गुमाएका थिए।

कमेन्ट लोड गर्नुस