सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशमा साझा विवेकशिलको भ्रष्टाचार विरुद्धको महाअभियान सुरु

२०७६ जेठ १, ०६:४९

साझा विवेकशिल पार्टीले सुदूरपश्चिममा आजदेखि भ्रष्टाचार विरुद्धको महाअभियान सुरु गरेको छ। साझा विवेकशिल पार्टीले कैलालीको टिकापुरबाट भ्रष्टाचार विरुद्धको महाअभियान सुरु गरेको हो। टीकापुरबाट सुरु भएको महाअभियान अन्तरगत आज टिकापुरसंगै सुख्खड र मसुरीयामा पनि कोण सभा सम्पन्न भएको छ। भ्रष्टाचार विरुद्धको महाअभियानमा पार्टीका केन्द्रीय संयोजक रविन्द्र मिश्र, पार्टी प्रवक्ता सुर्यराज आचार्य, संगठन विभाग प्रमुख मुमाराम खनाल, सुदूरपश्चिम संयोजक गोपाल हमाल लगायतका नेताहरुले सम्वोधन गरे।

नेताहरुले गाउँ गाउँमा आएको सिंहदरबारसंगै भ्रष्टाचार पनि पुगेकाले भ्रष्टाचार रोक्न सबैको दायित्व भएकाले नागरिक जनजागरणको रुपमा अभियान सञ्चालन गरिएका बताएका छन्। जनताले विकास र समृद्धिका लागि मत दिएपनि दुरुपयोग भइरहेको भन्दै नेताहरुले  अहिलेकै गतिमा भ्रष्टाचार भएमा समाज र देश नै सकिने हुँदा नागरिकलाई सचेत गराउने उद्येश्यका साथ अभियान सुरु गरिएको बताए। 

अभियान अन्तरगत प्रदेशका नौ वटै जिल्लाका २६ स्थानमा कोणसभाको आयोजना गरिनेछ। कार्यतालिका अनुसार भोली अत्तरिया, कञ्चनपुरको झलारी, महेन्द्रनगरमा पनि कोण सभा हुने साझा विवेकशिल पार्टीले जनाएको छ। जेठ ३ गते कञ्चनपुरको आईविआरडी, बेलौरी, बेल्डाडी, जेठ ४ गते कैलाली फुलबारी र धनगढीको पार्कमोडमा कोणसभा गरिनेछ। जेठ ५ गते डडेल्धुराको अमरगढी, पोखरा, बैतडीको खोड्पे, ६ गते बैतडीको पाटन र गोठलापानी, ७ गते गोकुले, दार्चुलाको खलंगा, ९ गते बझाङ सदरमुकाम चैनपुर, १० गते डोटीको दिपायल, सिलगढी र साफे, ११ गते बाजुराको मार्तडी, अछाम सदरमुकाम मंगलसेन तथा १२ गते अछामको कमल बजार र बिनायकमा कोणसभा गरिने साझा विवेकशिल पार्टीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस