सुदूर नेपाललाई विश्वसँग जोड्दै

बहु-विवाह मुद्दामा फरार बझाङका एक जना पक्राउ

२०८२ जेठ ६, ०७:४६ खबर संवाददाता

बझाङः बहु–विवाह मुद्दामा फरार बझाङका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत बझाङको फैसलाले बहु–विवाह मुद्दामा १० हजार जरिवाना तोकिएपछि फरार रहेका बित्थडचिर गाउँपालिका–४ बस्ने ३८ वर्षीय किसन महर सोमवार पक्राउ परेका हुन्। महरलाई जिल्ला प्रहरी कर्यालय बझाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

कमेन्ट लोड गर्नुस