प्रेस काउन्सिलसम्बन्धी विधेयक अगाडि बढाए सदन र सडकमा शक्ति प्रदर्शन गर्ने चेतावनी

नेपाली कांग्रेसले मिडिया काउन्सिलसम्बन्धी विधेयक अगाडि बढाए सदन र सडकमा शक्ति प्रदर्शन गर्ने सरकारलाई चेतावनी दिएको छ। बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकमा प्रमुख सचेतक बाल कृष्ण खाँडले तीनवटै विधेयक संविधान प्रतिकुल आएको भन्दै सरकारले फिर्ता लिनुपर्ने बताएका छन्।
उनले जबरजस्ती बिधेयकलाई अगाडिबढाउन खोजे कांग्रेसले सदनभित्र र बाहिर सडकमा अफ्नो शक्ति परिचालन गर्ने बताए। मिडिया काउन्सिल विधेयकले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता कुन्ठित गर्ने कांग्रेसको ठहर छ।




