सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतद्धारा १९ पाकिस्तानी कैदीबन्दी छोडिए

२०७६ जेठ १, ०२:२४ खबर संवाददाता

भारतले १९ जना पाकिस्तानी कैदीबन्दीलाई छोडेको छ। जासुसी र गैरकानुनी रुपमा भारतमा बसेको आरोपमा पक्राउ भारतले पक्राउ गरेको थियो। पक्राउ परेका पाकिस्तानीमध्ये १९ जनालाई भारत सरकारले छोड्ने आदेश दिएको थियो। भारतले मुक्त गरेका उनिहरु अट्टारी वागा सीमा हुँदै पाकिस्तान प्रस्थान गरेका छन्। भारतीय जेलबाट मुक्त भएका विकास अहमदले सन् २००९ मा आफूलाई भारतीय प्रवेशाज्ञा नभएको आरोपमा पक्राउ गरिएको र भिसा नभएकै कारण १० वर्ष भारतीय जेलमा राखिएको पनि बताए।

यस्तै १३ महिना भारतीय जेलमा बन्दी रहेका माझी मुस्तफाले भारत र पाकिस्तानले जेलमा रहेका सर्वसाधारणलाई छोड्नु स्वागतयोग्य कदम रहेको बताएका छन।  पछिल्ला दिनहरुमा दुबै मुलुकले एकअर्का देशको थुनामा रहेका नागरिकलाई छाड्ने क्रम बढाएका छन्। पाकिस्तानले गत अप्रिल ३० मा ६० जना भारतीयलाई पाकिस्तानी जेलबाट मुक्त गरेको थियो। भारतले हालैमात्र पाकिस्तानी जेलमा रहेका आफ्ना नागरिकलाई मुक्त गर्न अनुरोध सहित पत्र पठाएको थियो।

पाकिस्तानी जेलबाट मुक्त भएका कैदीहरु पनि तोकिएको जेल अवधि पूरा गरेका र कतिपयलाई अदालतबाट तोकिएको जेलसजाय भन्दा पनि बढी अवधि जेलमा राखिएको थियो। रासस

कमेन्ट लोड गर्नुस