साइप्रसमा एकजना नेपालीसहित सातजना प्रवासी महिलाको हत्या

साइप्रसमा एक जना नेपाली सहित सातजना प्रवासी महिलाको हत्या गरिएको छ। साइप्रसमा पछिल्लो केही हप्ताभित्रअप्रिलदेखि अहिलेसम्म सात जना प्रवासी महिलाको हत्या भएको छ। जसमा एकजना नेपाली र चारजना फिलिपिन्सका महिला रहेका छन् भन, ६ देखि ८ वर्षसम्मका दुईजना बालिका पनि रहेका छन्।
उक्त हत्याको विषयलाई मनिसहरुले विरोध जनाइरहेका छन्। पछिल्लो दिन राजधानी निकोसियामा भएको प्रदर्शनमा ठूलो संख्यामा मानिसहरुले भाग लिएका थिए। हत्या गरिएका महिलाहरुको परिचय भने खुलाइएको छैन।




