कञ्चनपुरबाट चार लाख बढीको तस्करिको सामान बरामद
कञ्चनपुरः कञ्चनपुरका विभिन्न ठाउँबाट अवैध सामान बरामद गरिएको छ।
बलौरीबाट ४० हजार २५० मुल्य बराबरका भन्सार छलीका मोटर साईकलका पार्टपुर्जा इलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी टोलिले बरामद गरेको हो। ७४ हजार मुल्य बराबरका कुर्ती, झिल्ली, बिडी, सुर्ती बरामद गरिएको इलाका प्रहरी कार्यालय परासनले जनाएको छ।
यस्तै इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले पनि २ लाख ८ हजार ५ सय मुल्य बराबरका सुर्ती, कुर्ती, बच्चाको सुट बरामद गरेको छ। उता इलाका प्रहरी कार्यालय गड्डाचौकीले पनि अन्दाजि १ लाख १७ हजार ५ सय मुल्यका तेल, दाल, मिठाई, प्लाष्टिक रसी, मिश्री, टि सर्ट, प्याज, हार्डवयरका सामान र कस्मेटिकका सामान बरामद गरेको छ।
बरामद गरीएको सामान कारबाहीको लागी भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।