कञ्चनपुरबाट लागुऔषधसहित एक किशोर पक्राउ
२०८० फाल्गुन ६, १०:३६
धनगढीः कञ्चनपुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर २ महुलियाबाट शुन्य दशमलव ३७ ग्राम लागुऔषधसहित १८ वर्षीय किशोर पक्राउ परेका हुन्।
प्रदेश प्रहरी कार्यालयले खैरो हेरोइनसहित एक किशोरलाइ लागु औषध नियनत्तण ब्युरो शाखा कार्यालय, महेन्द्रनगर र जिल्ला प्रहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको बताएको छ। प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गर्दैछ।
कमेन्ट लोड गर्नुस