सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

२०८० फाल्गुन ५, ०९:३४ खबर संवाददाता

धनगढीः कैलालीको चुरे गाउँपालिका–६  बयाला स्थित मेलकट्टेश्वर माध्यमिक विधालयमा नेपाल युवा रेडक्रस सर्कलको  आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

विधालयको ६३ औं बार्शिकोत्सव तथा अभिभावक दिवसको अवसर पारी आयोजना गरिएको रक्तदान कार्यक्रममा मेलकट्टेश्वर मा. बि. का शिक्षक, बिद्यार्थीहरु तथा अभिभावक गरि ३० जनाले रक्तदान गरेका छन्।

चुरे गाउँपालिकामा नै यश प्रकारको कार्यक्रम पहिलो पटक आयोजना गरिएको हो। नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सन्चार केन्द्र, सुदुरपस्चिम प्रदेशको प्राबिधिक सहयोग र नेपाल जुनियर रेडक्रस सर्कलको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा चुरे गाउँपालिका–६ का वडा अध्यक्ष प्रेमबहादुर साउदले रक्तदान गरि कार्यक्रमको उदघाटन गरेका थिए।

प्रादेशिक रक्तसञ्चार केन्द्र, सुदुरपस्चिम प्रदेशका प्रमुख धरणी प्रसाद पन्तले यस्ता खाले कार्यक्रमले उपचारका  क्रममा रगत आवश्यक पर्ने बिरामिको जीवन रक्षा गर्नुको साथै समुदायमा रक्तदान सम्बन्धी उत्प्रेरणा प्रदान गर्न सहयोग गर्ने बताए। साथै विधालयमा गरिने रक्तदान कार्यक्रमले बिद्यार्थी तथा अभिभावकहरुमा रक्तदान सम्बन्धी भ्रम चिरिनुका  साथै रक्तदान गर्न उत्प्रेरणा जगाउने बताए। आगामी दिनमा पनि यस्ता खाले कार्यक्रम आयोजना गरिने नेपाल युवा रेडक्रस सर्कल मेलकट्टेश्वर मा. बि. का अध्यक्ष निरज मलासिले बताए।
 

कमेन्ट लोड गर्नुस