सुदूर नेपाललाई विश्वसँग जोड्दै

महेन्द्रनगर नगर विकास समितिका तत्कालीन सुचना अधिकारी भट्टलाई कालोमोसो

२०८० फाल्गुन ५, ०४:४८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा महेन्द्रनगर नगर विकास समितिका तत्कालीन सुचना अधिकारीलाई कालोमोसो दलिएको छ।

नगर विकास समितिको ६३८ विघा जमिन हिनामिना गरेको भन्दै नगर विकास समितिका तत्कालिन सुचना अधिकारी पुष्पराज भट्टलाई कालोमोसो दलिएको हो।

भट्टलाई  क्रान्तिकारी युवा संगठनका सुदुरपश्चिम प्रदेश समितिले कालोमोसो दलेका हुन्। उनलाई अध्यक्ष पल्टु रानाको कृते हस्ताक्षर गरि जमिन हिनामिना गरेको आरोप छ।

कमेन्ट लोड गर्नुस