सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुर्नवासमा हात्तीको बथानले उखुबारी नष्ट पार्‍यो

२०८० फाल्गुन ४, ०८:५७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको पुर्नवास नगरपालिकामा हात्तीले उखुवारीमा क्षति पुर्‍याएको छ।

बच्चा सहितको हात्तीको बथान किसानको उखुबारीमा पसेपछि उखुको नोक्सान गरेको छ। बिहिवार राती पुर्नवास नगरपालिका –१० दोधा पुल नजिक हात्तिको बथानले स्थानीय पप्पु रानाले बिजय माध्यमिक विद्यालयको जमिन लिजमा लिइ लगाइएको उखुबारीमा पसेको थियो।

रानाले बिद्यालयको करिब १० बिघा क्षेत्रफलमा लगाएको उखुबारीमा हात्ती बथानले नोक्सानी गरेको कुण्डा सव डिभिजन बन कार्यालय प्रमुख दिनेशकुमार यादवले बताए। प्रमुख यादवका अनुसार दुधवा नेसनलपार्कबाट नेपाल प्रवेश गरी लालझाडी बन संरक्षण क्षेत्र तर्फ जादै गर्दा होहल्लाले निस्किने बाटो नपाउँदा हात्तिको ठूलो बथान विहिवार राती रानाले लगाएको उखुबारीमा पसि नोक्सान गरेको हो।

आज (शुक्रवार) हात्तीले नोक्सान गरेको उक्त क्षेत्रमा स्थानीय जनप्रतिनिधि, वन टोलि, प्रहरी, सहितको टोलिले अनुगमन गरेका छन्।
 

कमेन्ट लोड गर्नुस