डडेल्धुरामा दाउरा काट्ने क्रममा एक जना घाइते, धनगढीमा उपचार हुँदै
२०८० फाल्गुन ३, ०४:१५
धनगढीः डडेल्धुरामा दाउरा काट्ने क्रममा एक जना घाइते भएका छन्।
परशुराम नगरपालिका–३ कटानका जनकराज भट्ट दाउरा काट्ने क्रममा गम्भिर घाइते भएका हुन्। उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ। दाउरा काट्ने क्रममा उनको खुट्टा भाँचिएको छ।
अप्रेसनका लागि आवश्यक पर्ने पैसा नहुँदा उनले सहयोगका लागि सबैमा आग्रह समेत गरेका छन्। अप्रेसन गर्न लाग्ने रकम अभाव भएको भन्दै सहयोगका लागि अपिल गरेका छन्।
कमेन्ट लोड गर्नुस